नेपाल । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ।
बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बुधबार पक्राउको लिखित कारण पेश गर्न आदेश दिएको हो।
यस्तै आदेशमा अनुसन्धानको फाइल पेश गर्न पनि भनिएको छ।
प्रसाईँलाई सोमवार वीरगञ्ज प्रहरीले पक्राउ गरेको थियो। उनलाई विद्युतीय कारोबार ऐनको कसुरमा पक्राउ गरिएको हो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्