नेपाल । साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’को कविता सङ्ग्रह ‘आदिम फूल’ बजारमा आएको छ ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४, कुइपामा जन्मिएर ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा बसेर साहित्य सिर्जना गर्दै आउनुभएका साहित्यकार विभरा किरातीले चौथो कृतिको रूपमा ‘आदिम फूल’ कविता सङ्ग्रह प्रकाशन गर्नुभएको हो ।
नेपालका आदिवासी जनजाति समुदायको अवस्था तथा किराती सभ्यता र संस्कृतिलाई प्रमुख प्राथमिकतामा राखेर प्रकाशन गर्नुभएको कविता सङ्ग्रह ‘आदिम फूल’मा ३८ वटा फुटकर कविता समेटिएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्