१४ बैशाख २०८३, सोमबार

नेपालमा सोमबारदेखि १२ कक्षाको परीक्षा शुरु, ४ लाख १८ हजार सहभागी

कोलोराडोखबर संवाददाता , April 27th, 2026

नेपाल । नेपालमा सोमबारदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन्।

२०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन्। जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले परीक्षा दिँदैछन्।

गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेपछि परीक्षा केन्द्रको संख्या पनि कम भएको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले जानकारी दिए।

यस वर्ष १ हजार ४ सय २१ वटा परीक्षा केन्द्र तोकिएको छ। गत वर्ष ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी थिए। उक्त परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

प्रतिक्रिया दिनुहोस्