नेपाल । कान्तिपुर मिडिया ग्रुप (केएमजी) का प्रबन्ध निर्देशक सम्भव सिरोहियाले अचानक राजीनामा दिएका छन् ।
उनले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको कान्तिपुर मिडिया ग्रुपका सबै कर्मचारीलाई सम्बोधन गरेर पठाएको सन्देशमा उल्लेख छ ।
सिरोहियाले कान्तिपुरले पछिल्लो समय गरिरहेको रिपोर्टिङ –विशेष गरी गृहमन्त्री सुधन गुरुङमाथि लेखिएका समाचारमा आफ्नो गम्भीर असहमति रहेको राजीनामामा उल्लेख गरेका छन् ।
कान्तिपुरले अनुसन्धानकारी निकायको स्रोतबाट तत्कालीन गृहमन्त्री गुरुङको शंकास्पद कारोबारका विवरण प्राप्त गरेर सार्वजनिक गरेको थियो । तर सिरोहियाले नयाँ सरकारले काम गर्न नपाउँदै कान्तिपुरले प्रमाणित भइनसकेका आरोप लगाएर कमजोर बनाएको राजीनामामा उल्लेख गरेका छन् ।
सिरोहियाले बिहीबार बिहान कान्तिपुर टेलिभिजनले सामाजिक सञ्जालमा पोष्ट गरेका तत्कालीन गृहमन्त्री गुरुङबारेका समाचारका लिंक र त्यससम्बन्धी तस्बिरका स्क्रिनसट फेसबुक र ट्विटरमा राख्दै लेखेका थिए, ‘यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन ।’
सिरोहिया १ असोज २०८० मा केएमजीको प्रबन्ध निर्देशक नियुक्त भएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्