नेपाल । नेपाली कांग्रेसले पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिने उद्देश्यले नीति तथा अनुसन्धान प्रतिष्ठान गठन गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रतिष्ठान गठन गरेको हो ।
प्रतिष्ठानमार्फत नेतृत्व विकास तालिमसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।
आगामी निर्वाचनलाई व्यवस्थित र दीर्घकालीन रूपमा व्यवस्थापन गर्न ‘निर्वाचन ब्युरो’ गठन समेत बता ए। उक्त ब्युरोको संयोजकत्व उपसभापति पुष्पा भुसाललाई दिइएको छ ।
पार्टी सङ्गठनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रीय स्तरमा समन्वय गर्ने संयन्त्र पनि निर्माण गरिएको उनले बताए । महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा गठित संयन्त्रमा सहमहामन्त्री बहादुर सिंह लामा र मुकुन्द यादव सदस्य छन् ।
यस्तै, पार्टीको आसन्न महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउन अर्को समिति गठन गरिएको छ ।
महामन्त्री प्रदीप पौडेलको संयोजक रहेको समितिमा सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य छन् । उक्त समितिले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्