नेपाल । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका सांसद रुवि कुमारी ठाकुरलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने भएको छ।
प्रवक्ता मनिष झाले श्रम संस्कृतिकी उम्मेदवार ठाकुरलाई रास्वपाको समर्थन रहने जानकारी गराएका छन् ।
उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सरस्वती लामाको उम्मेदवार बनेकी छन्।
सबैभन्दा ठूलो दलको हैसियतले पनि उपसभामुखमा जितका लागि रास्वपाको समर्थन आवश्यक पर्छ ।
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्