नेपाल । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले समग्र चुनावी समीक्षा गरेर कार्यशैली परिवर्तन गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
बुटवल पुगेका नेता पाण्डेले एमालेले कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सीट जित्ने टिप्पणी गरे । उनले कमजोरीप्रति निर्मम बन्नसक्नुपर्ने बताए।
उनले भने, ‘कमजोरीप्रति निर्मम बनेपछि मात्रै हामीले सही बाटो पहिल्याउन सक्छौँ। अन्यथा सामूहिक मलामी जाने दिन आउँछ, हेर्दाहेर्दै । सत्यको अन्तिम बिन्दुसम्म यात्रा तय गरेर मात्रै जानुपर्छ ।’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्