नेपाल । शनिबार साँझ मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस शनिबार साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा सबै भारतीय नागरिक छन् । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्