नेपाल । प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई संशोधन गर्ने तयारी गरेको छ ।
रास्वपाको विधानको धारा ६६ को ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण सदस्यले मतदानमार्फत संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको छ ।
रास्वपामा हालसम्म पार्टीको महाधिवेशन भइनसकेकाले विधान परिमार्जनको अधिकार केन्द्रीय समितिलाई रहेकाले आगामी केन्द्रीय समितिले विधानका कतिपय प्रावधानलाई समय अनुकूल बनाउन लागेको हो । रास्वपाले उक्त व्यवस्थालाई संशोधन गरी संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्थालाई समयानुकूल बनाउन लागेको हो ।
निर्वाचनअघि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिएको थियो । सामान्यतया पार्टी सभापति नै संसदीय दलको नेता बन्ने प्रचलन छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्