२७ फाल्गुन २०८२, बुधबार

न्यायपरिषदद्वारा प्रधानन्यायाधीशका रूपमा ६ जनाको नाम संवैधानिक परिषदमा

कोलोराडोखबर संवाददाता , March 11th, 2026

नेपाल । न्यायपरिषद्ले प्रधानन्यायाधीशका रूपमा ६ जनाको नाम संवैधानिक परिषद्मा पठाएको छ।

संविधान तथा कानुनअनुसार योग्यता पुगेका सर्वोच्च अदालतका ६ न्यायाधीशको नाम पठाइएको परिषद्ले जनाएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले १८ चैतदेखि अनिवार्य अवकाश पाउन लागेपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढेको हो ।

परिषद्का अनुसार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम भावी प्रधानन्यायाधीशका लागि पठाइएको हो । सामान्यतया वरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीशमा नियुक्त हुने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्