२६ फाल्गुन २०८२, मंगलवार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रवि र बालेनलाई दिए बधाइ

कोलोराडोखबर संवाददाता , March 10th, 2026

नेपाल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई चुनावमा रास्वपाको शानदार विजयका लागि बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जालमा टेलिफोन गरी विजयका लागि बधाई दिएको उल्लेख गरेका छन् । आगामी सरकारका लागि पनि शुभकामना व्यक्त गर्दै आपसी समृद्धिका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले लेखेका छन्, ‘दुवै नेताहरूलाई उनीहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गरेँ र दुई देशको पारस्परिक समृद्धि, प्रगति र कल्याणका लागि काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेँ ।’

उनले संयुक्त प्रयासले आगामी समयमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्