नेपाल । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने तयारी गरेको छ । आयोगका अनुसार सोही अनुसार काम गरिरहेको जनाएको छ । फागुन २१ गते मतदान सम्पन्न भएपछि आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना सुरु गरेको थियो ।
प्रत्यक्षतर्फको मतगणना सकिएसँगै तत्कालै सम्बन्धित क्षेत्रबाट समानुपातिकतर्फको मतगणना सुरु गरेको छ । मतगणना सम्बन्धित निर्वाचन
क्षेत्रको मतगणना स्थलमा भइरहेको छ । आइतबार साँझसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगका प्रवक्ता नारायण भट्टराईले बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्