१७ फाल्गुन २०८२, आईतवार

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएका दुर्गा प्रसाईं फेरि पक्राउ

कोलोराडोखबर संवाददाता , March 1st, 2026

नेपाल । निर्वाचन बिथोल्ने गरी आइतबारदेखि आम हड्तालको आह्वान गरेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । उनलाई बिहान पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो ।

पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ ।प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्