१६ फाल्गुन २०८२, शनिबार

निर्वाचनको सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन

कोलोराडोखबर संवाददाता , February 27th, 2026

नेपाल । प्रधानसेनापति अशोकराज सिग्देलले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन दिएका छन् ।

बिहीबार कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गर्दै उनले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन दिएका हुन् । सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीकोसमेत सहभागिता थियो ।

सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सेनाले यहाँका कारागार र विमानस्थलका साथै धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिइसकेको छ । त्यसैगरी यहाँका ९ वटै जिल्लामा सेनाले गस्ती बढाउनुका साथै निर्वाचनका लागि सबै किसिमका तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्