१४ फाल्गुन २०८२, बिहीबार

केपी ओली टोलटोलमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै

कोलोराडोखबर संवाददाता , February 26th, 2026

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार झापाको कमल गाउँपालिका अन्तरगतका बिभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम गर्नुहुने भएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ को नेकपा एमाले निर्वाचन परिचलन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार बिहीवार दिनभरी कमल गाउँ पालिका अन्तरगतका बिभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

अध्यक्ष ओलीले पनि जनतासँग प्रत्यक्ष टोलटोलमा पुगेर त्यस स्थानका समस्या सुनेर समाधानको योजना निर्माण गरिने रणनीतिको रुपमा लिनुभएको छ । कार्यक्रम सबैभन्दा बढी प्रथामिकता स्थानीय बालबालिका, महिला, बृद्धबद्धालाई दिने गर्नु भएको छ । जो आफ्नो समस्या राख्न धेरै टाढा जान सक्दैनन् उहाँहरुसँग घर तथा टोलमा नै पुगेर भेटघाट गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्