नेपाल । पूर्वराजा ज्ञानेन्द्र शाहले पहिले सबै पक्षबीच सहमति गरेरमात्र आगामी निर्वाचन गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।
राष्ट्रिय सहमति बेगर गरिएको आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्न नसक्ने उनको कथन छ।
उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार जारी गरेको भिडियो सन्देशमा नेपाल अहिले इतिहासकै सबैभन्दा दर्दनाक स्थितिमा रहेको उल्लेख गरेका छन्।
उनले सबै पक्षबीच सहमति गरेर चुनावमा जानु उपयुक्त हुने उल्लेख गर्दै फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्नुपर्ने आग्रह गरेका छन् ।
८ मिनेट लामो भिडियो सन्देशमा पूर्वराजा शाहले प्रजातन्त्र स्थापनामा सघाउने राजा त्रिभुवन तथा सहिदहरूप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।
सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रवर्धन गर्न उनले सबै पक्षसँग आग्रह पनि गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्