६ फाल्गुन २०८२, बुधबार

निर्वाचन विरुद्धका गतिविधि गर्ने दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखिने

कोलोराडोखबर संवाददाता , February 18th, 2026

नेपाल । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखिने भएको छ ।

सोमबार साँझ पक्राउ परेका उनलाई काठमाडौँ प्रशासनले अनुसन्धान गर्न ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ ।

उनले निर्वाचन विरुद्धका गतिविधि गरिरहेका थिए । फागुन २१ मा चुनाव हुँदैन भन्दै अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्