२४ माघ २०८२, शनिबार

पाकिस्तानको इस्लामावादमा शिया मस्जिदमा विस्फोट, ३० जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , February 7th, 2026

नेपाल । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीले आफू घटनाबारे बोल्ने अख्तियारप्राप्त नभएको भन्दै नाम नबताउने शर्तमा भने, “देशभरिका मस्जिदहरू उपासकहरूले खचाखच भरिएका समय शुक्रबारको प्रार्थनापछि विस्फोट भएको थियो ।” मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार राजधानी इस्लामावादस्थित शिया समुदायको मस्जिदमा भएको विस्फोटमा भएको हताहतको पुष्टि गर्दै घटनाको निन्दा गर्नुभएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले विस्फोटमा संलग्न व्यक्तिहरूलाई पत्ता लगाएर न्यायको कठघरामा ल्याइने बताएका छन् ।

अफगानिस्तानसँग सीमा जोडिएको देशको दक्षिणी र उत्तरी दुवै प्रान्तमा पाकिस्तानी सुरक्षा बलले विद्रोह चर्किरहेका बेला कुनै पनि समूहले तत्काल आक्रमणको जिम्मेवारी लिएको छैन ।

पाकिस्तान सुन्नी बहुल राष्ट्र हो तर यहाँ शिया समुदायको जनसङ्ख्या १० देखि १५ प्रतिशत रहेको छ र विगतमा यस क्षेत्रमा आक्रमणमा उनीहरू निशाना बनिएका छन्।

प्रतिक्रिया दिनुहोस्