नेपाल । राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ ।
पदावधि सकिन लागेको १९ मध्ये १८ सदस्यका लागि माघ ११ गते मतदान हुँदै छ । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले मतदानमा प्रयोग हुने मतपत्र छापेर सम्बन्धित प्रदेशमा पठाइसकिएको र सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले मतदानका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।
सात वटै प्रदेशको राजधानीमा एकै दिन मतदान हुने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्