नेपाल । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली बिहीबार प्रकाशन हुँदैछ ।
मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिने कार्यतालिका थियो। उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष तीन हजार ८९, महिला ३९६ र तेस्रोलिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्