१ माघ २०८२, बिहीबार

रविविरुद्धको संगठित अपराधको मुद्दा फिर्ता, सहकारी ठगीको मुद्दा भने यथावत

कोलोराडोखबर संवाददाता , January 15th, 2026

नेपाल । महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध परेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिन स्वीकृत दिने निर्णय गरेको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले बुधबार उक्त मुद्दा फिर्ता लिन स्वीकृत दिने निर्णय गरेकी हुन् ।

अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिएसँगै अब ती कार्यालयहरूले आवश्यक प्रक्रिया अघि बढाउने छ ।

उनीविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र पर्सामा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग दर्ता भएको छ ।

अब यो स्वीकृतिसँगै ती जिल्लाका सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ता लिने छन् ।

सहकारी ठगीको मुद्दा भने यथावत रहने छ ।

प्रतिक्रिया दिनुहोस्