नेपाल । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारबाही गरेको छ ।
कांग्रेस नेता मीन विश्वकर्माका अनुसार बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको हो ।
संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन आह्वान गरेर महामन्त्रीद्वयले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उहाँहरूलाई निष्कासन गरेको विश्वकर्माले जानकारी दिनु भयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्