नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बुधबार राति राजीनामा दिएका छन् ।
भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयसमेत सम्हालेका मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् ।
बालुवाटारबाट फर्केपछि ऊर्जा मन्त्रालयमा उनले पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी दिएका थिए ।
यसअघि राजनीतिमा सहभागी भएका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीले दबाव दिएपछि उनले अजा राजीनामा बुझाएका हुन् ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्