-लालगोपाल सुवेदी-
हिँडिएछ जिन्दगीमा बाटाहरू धेरै
गाँसिएर जिन्दगीमा नाताहरू धेरै
आफ्ना पनि पराइ भए पराई पनि आफ्ना
भोगिएछ मिलन अनि फाटाहरू धेरै
जो जो भेट्छु पिठै साट्न खोज्छन् चामलसंग
बढेका छन् भित्री मनका बाठाहरू धेरै
कति साथी मीठो बोल्छन् तर गर्छन् घात
नूनखुर्सानी दल्छन् घाउमा खाटा भए धेरै
चुँडाइदिए खुसी मेरा मानभाउ खोसे
आगो झोसे कोमल मनमा घाटा भयो धेरै ।
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्