१५ पुष २०८२, मंगलवार

रास्वपा र उज्यालो नेपाल पार्टीबीच सातबुँदे सहमति, कुनमान अब रास्वपाको उपसभापति !

कोलोराडोखबर संवाददाता , December 30th, 2025

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सातबुँदे सहमतिपछि एकता भएको छ ।

रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय र साक्षीका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सोमबार राति एकतामा हस्ताक्षर भएको हो ।

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट चुनाव चिह्न घन्टी लिएर जाने सहमति भएको जानकारी दिनुभयो । रास्वपाको केन्द्रीय सभापतिमा लामिछाने, उपसभापतिमा कुलमान घिसिङ, डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले रहने उहाँले बताउनुभयो ।

उज्यालो पार्टीमा आबद्ध नेताकार्यकर्तालाई योग्यताबमोजिम समेटिने बताइएको छ । गत सोमबार, बिहीबार, शुक्रबार र शनिबार रास्वपा सभापति लामिछाने, काठमाडौँ महानगरका मेयर शाह र मन्त्री घिसिङबिच पार्टी एकताका विषयमा संवाद भएको थियो ।

सोमबार अपराह्न रास्वपा सभापति लामिछाने, काठमाडौँ महानगर मेयर शाह र जेनजी नेता सुदन गुरुङले संवाद अघि बढाएपछि एकताको समझदारी बनेको हो ।

प्रतिक्रिया दिनुहोस्