नेपाल । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबारदेखि भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदैछ ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँमा आइतबार र सोमबार सञ्चालन गरिने भएको हो ।
एमालेमा अहिले अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । जसअनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन् ।
एमाले केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुनेछ ।
पार्टीको आगामी अध्यक्षका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्