६ मंसिर २०८२, शनिबार

थपिए ८ लाख ३७ हजार मतदाता, कूल मतदाताको संख्या एक करोड ८८ लाख

कोलोराडोखबर संवाददाता , November 22nd, 2025

नेपाल । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय सकिएको छ।

यसअघि कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकोमा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो । यो अवधिमा नयाँ ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । यसमध्ये ३ लाख ४४ हजार ९१४ जनाले निर्वाचन कार्यालयमा गई आवेदन दिएका हुन् ।

यस्तै राष्ट्रिय परिचय पत्र मार्फत मात्रै ४ लाख ९१ हजार १८० मतदाता थपिएका हुन्। अन्तिम दिन शुक्रबारमात्र ७ हजार ८६२ जनाले मतदाता नामावलीमा नाम लेखाएका थिए । योसँगै देशभर कुल मतदाताको संख्या एक करोड ८८ लाख २५ हजार ६६४ पुगेको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि २०७९ को निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो ।

प्रतिक्रिया दिनुहोस्