नेपाल । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफूहरू अदालत जाने बताएका छन् ।
मङ्गलबार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा विघटन संविधान र कानुनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने कुनै बाटो नभएको जिकीर गरे । उनले आफूले सो विषयमा पटक पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहोर्याए ।
उनले वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्नै नसक्ने बताए। साथै, वर्तमान सरकारले अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश व्यक्त गरे ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्