२ मंसिर २०८२, मंगलवार

सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालन

कोलोराडोखबर संवाददाता , November 18th, 2025

नेपाल । सर्वोच्च अदालत सोमबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्णरूपमा सञ्चालन भएको हो ।

सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अवरुद्ध भएका सेवा सुरु हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याई पाउको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ सुरु भएको सर्वोच्च अदालतले जनाएको छ ।

जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनःप्राप्त) गरेको छ ।

प्रतिक्रिया दिनुहोस्