२० कार्तिक २०८२, बिहीबार

जाँचबुझ आयोगसमक्ष बयानका लागि रविलाई सिंहदरबार ल्याइयो

कोलोराडोखबर संवाददाता , November 6th, 2025

नेपाल । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइयो ।

जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई ल्याइएको हो ।

उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गरेको थियो । यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए ।

आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्