नेपाल । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ दलले एकताको सहमति गरेका छन् ।
नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राख्ने भएका छन्। आगामी ६ महिनाभित्र एकता महाधिवेशन र त्यसअघि कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गर्ने सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा पार्टीको नाम भने उल्लेख गरिएको छैन । चुनाव चिह्न भने पाँचकुने ‘तारा’ हुने उल्लेख छ ।
सहमति पत्रमा माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपालसहित आठ दलका नेताले हस्ताक्षार गर्नुभएको छ ।
माओवादी र समाजवादीसँगै नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन) र नेकपा (साम्यवादी) का नेताहरूले हस्ताक्षर गर्नुभएको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्