अमेरिका । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले प्रमुख ब्याजदर घटाएको छ । बुधबारको नीतिगत बैठकमा बैंकले ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको छ ।
यद्यपि, अरू ब्याजदर कटौती गर्नुअघि केन्द्रीय बैंक रोकिन सक्ने फेडका अध्यक्ष जेरोम पावेलले संकेत गरेका छन् । बैंकले फेडरल फन्ड्सको दर पनि घटाएर ३ दशमलव ७५ प्रतिशतदेखि ४ प्रतिशतको बिचमा ल्याएको छ ।
यसअघि यो दर ४ प्रतिशत देखि ४ दशमलव २५ प्रतिशतको बीचमा थियो । सेप्टेम्बरमा पनि बैंकले दरहरू यही अनुपातमा घटाएको थियो । अमेरिकी अर्थतन्त्रलाई स्थिर राख्नका लागि यो कदम चालिएको फेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
२०२४ को डिसेम्बरपछिको फेडले सेप्टेम्बरमा पहिलो कटौती गरेको थियो । सेप्टेम्बरमा ब्याजदर कटौतीको समयमै पावेलले अक्टोबरमा अर्को कटौती हुने संकेत दिएका थिए । तर यसपटक भने उनले आगामी महिना कटौती नहुने संकेत गरेका छन् । –एजेन्सीहरु

 कोलोराडोखबर संवाददाता
कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्