नेपाल । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध मजबुद बनाउने विषयमा छलफल भएको हो ।
परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको हो । सो क्रममा अमेरिकी राजदूत थम्प्सनले नेपालको विकासमा निरन्तर अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्