नेपाल । विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ ।
नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी सो साइत सार्वजनिक गर्नुभएको हो ।
असोज ६ गते सोमबार घटस्थापनाको साइत बिहान ९ः१३, असोज १३ गते फूलपातीमा तुलजाभवानी यात्रा ७ः१७ र स्थिरासन ९ः२३ बजे शुभ साइत रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्