३१ भाद्र २०८२, मंगलवार

नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत

कोलोराडोखबर संवाददाता , September 16th, 2025

नेपाल । । नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य भदौ ३१ गतेदेखि लागू हुने निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको भाडा मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २.५२ ले कमी भए पनि डिजेल र मट्टितेलमा प्रतिलिटर रु. २.१५ ले वृद्धि भएको निगमले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिएको छ ।’’

प्रतिक्रिया दिनुहोस्