३० भाद्र २०८२, सोमबार

जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन

कोलोराडोखबर संवाददाता , September 15th, 2025

नेपाल । जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको छ । मुख्यसचिव एकनारायण अर्यालले जेन(जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको बताएका हुन् ।

सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् । त्यसक्रममा उनले १९१ जनाको घाइतेको उपचार भइरहेको पनि जानकारी दिए ।

उनका अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्