३० भाद्र २०८२, सोमबार

मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस

कोलोराडोखबर संवाददाता , September 15th, 2025

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गर्नुभएको छ ।

जेनजी अभियान र सरोकारवालासँगको परामर्शपछि उहाँले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा जलस्रोत एवं सिँचाइ तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्री र कानूनमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गरिएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ ।

प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तारका सन्दर्भमा जेनजी अभियन्तासहित सरोकारवालासँग संवाद जारी राख्नुभएको छ ।

उहाँले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेपछि मन्त्रीपरिषद् गठनका सन्दर्भमा संवाद अघि बढाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्