नेपाल । आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएको सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको छ ।
आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयहरूको सरसफाइ र क्षतिको मूल्याङ्कनसँगै सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको हो ।
आइतबारदेखि सिंहदरबार पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
जेनजी समूहको नाममा भदौ २४ गते भएको आगजनी र तोडफोडबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र निकायहरू क्षतिग्रस्त भएका थिए । अहिले तत्कालको आवश्यकता सिंहदरबारबाट जनतालाई प्रदान गरिने सेवा सुरु गर्नु रहेको बताउँदै उहाँले नयाँ सरकार गठनपछि सिंहदरबारमा भएको क्षतिको मूल्याङ्कन र लगत सङ्कलन गरी तत्कालीन र दीर्घकालीन पुनर्निर्माणको काम अगाडि बढाइने जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मन्त्रालय र अन्य निकायहरूको सञ्चालन पुरानै सामग्रीबाट गरिने छ ।
सिंहदरबार परिसरमा निर्माण भएको गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सञ्चालन गरिने छ ।
प्रतिक्रिया दिनुहोस्