२६ भाद्र २०८२, बिहीबार

नेपाली सेना र जेनजी समूहको वार्ताबाट बिहीबारनै निकास आउने आँकलन

कोलोराडोखबर संवाददाता , September 11th, 2025

नेपाल । जेनजी समूह र नेपाली सेनाबीच बिहीबार वार्ता हुने भएको छ ।

बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन ।

जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद बढेपछि नेपाली सेनाले जंगीअड्डा बाहिर पुगेका प्रतिनिधिलाई बिहीबारमात्रै ग्रुप लिडरको नाम लिएर आउन आग्रह गरेको थियो ।

जेनजीको एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउनुपर्ने बताएपछि अर्को समूह हर्क साम्पाङलाई बनाउनुपर्ने भन्दै जंगी अड्डा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्