२६ भाद्र २०८२, बिहीबार

संविधानभित्रै रहेर निकास खोज्न गगन थापा र विश्वप्रकाश शर्माको अनुरोध

कोलोराडोखबर संवाददाता , September 11th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २०७२ को संविधान भित्रै रहेर, संयमता अपनाएर निकास खोज्न लागिपर्ने बताएका छन् ।

उनीहरुले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा विधि विहीनताले थप अराजकता निम्त्याउन सक्ने भएकाले वार्ताका क्रममा राष्ट्रपति र जेनजीलाई वैधानिक बाटो अपनाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्