२१ भाद्र २०८२, शनिबार

नेपालमा सामाजिक सञ्जाल बन्द गरेपछि सरकारको चौतर्फी विरोध

कोलोराडोखबर संवाददाता , September 6th, 2025

नेपाल । फेसबुक लगायतका २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि सरकारको चौतर्फी विरोध भएको छ ।

राजनीतिक दलका नेतादेखि सर्वसाधारणले सरकारको सोही निर्णयको चर्को विरोध गरिरहेका छन् । सरकारले संविधानले प्रत्याभूत गरेको नागरिकको सूचना पाउने हकमाथि प्रहार गरेको भन्दै विरोध भइरहेको छ ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय खारेजीको माग राख्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदनसमेत पेस भएको छ ।

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आफूले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।

राष्ट्रिय मानवअधिकार आयोगले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनी गरेको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्