नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको प्रतिक्रिया दिनुभएको छ ।
कैलालीमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार रहेको टिप्पणी गर्नुभएको हो ।
संगठित सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि रुपन्देही कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले उहाँमाथि आफूले कुनै प्रतिशोध नराखेको दाबी गर्नुभयो । बरु आफूले नै लामिछानेलाई स्थापित गरेको उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्