४ श्रावण २०८२, आईतवार

तत्कालीन ललितपुर नगरपालिका प्रमुख बुद्धिराज बज्राचार्यको निधन

कोलोराडोखबर संवाददाता , July 20th, 2025

नेपाल । पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले दिनुभएको जानकारीअनुसार शनिबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको ८९ वर्षको उमेरमा निधन भएको हो ।

विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त हुनुभएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख हुनुभएको थियो ।

विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उहाँले काम गर्नुभएको थियो । विसं २०४६ मा प्रजातन्त्र आएपछि उहाँ नेकपा (एमाले) बाट २०५४ मा ललितपुरको नगरप्रमुख हुनुभएको थियो ।

व्यापार क्षेत्रबाट पहिचान बनाउँदै राजनीतिमा होमिएका बज्राचार्यले २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य संघको उपाध्यक्ष, २०३८ सालमा संघको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्