नेपाल । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयलाई थप विस्तार गर्ने भएको छ ।
कांग्रेसले सानेपा बीपीनगरमा रहेको बीपी स्मृति भवनलाई थप फराकिलो बनाउने क्रममा कार्यालय अगाडि रहेको १९ आना जग्गा किन्ने भएको हो ।
कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार कांग्रेसले १९ आना जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरेको हो । ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर कांग्रेसले किनेको हो ।
गत ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको हो ।
उक्त जग्गा र घरको मूल्य १३ करोड रुपैयाँ रहेको छ । कांग्रेसले पार्टीको विभिन्न तहको लेबी एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्