नेपाल । पटक पटक सूचना टाँसेर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सोमबार पुनः बोलाइएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका छन् ।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा जोडिएको हुनसक्ने भन्दै छानबिनमा सहयोग गर्न उनले राजीनामा दिनुपर्ने माग विपक्षीको छ ।
संसद् अवरुद्ध हुँदा जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी वर्षको बजेटमा छलफल सुरु हुन सकेको छैन । जेठ २० गतेबाट लागातार बैठक अवरुद्ध हुँदा सदन सुचारु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्