नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको मुद्दामा पार्टीका शीर्ष नेताहरूसहित कानुनविद्हरूसँग छलफल गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बिहीबार अपरान्ह उहाँले छलफल गर्नुभएको हो । अख्तियारले मुद्दा दायर गर्दा नेपाल रौतहटबाट काठमाडौँ फर्किनु भएको थियो ।
अध्यक्ष नेपाल काठमाडौँ पुगे लगत्तै पार्टी कार्यालय आलोकनगरमा बैठक बसेको थियो । बैठकले तीन बुँदे धारणासमेत सार्वजनिक गरेको छ । अख्तियारको आजको निर्णयलाई प्रतिशोधपूर्ण भनेको छ ।
त्यस्तै, अध्यक्ष नेपालले पनि प्रतिशोधपूर्ण र पूर्वाग्राही ढंगबाट मुद्दा दायर भएको जिकिर गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्