२० बैशाख २०८३, आईतवार

गणतन्त्र रक्षाका लागि नयाँ क्रान्तिको अपिल गर्न रुकुम आएको छुः प्रचण्ड

कोलोराडोखबर संवाददाता , May 21st, 2025

नेपाल । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ।

माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा भएको विशाल जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनताको संघर्ष, त्याग, रगत र पसिनाको उपलब्धिको रुपमा रहेको गणतन्त्र रक्षाका लागि नयाँ क्रान्तिको अपिल गर्न रुकुम आएको उल्लेख गर्नुभयो।

माओवादीले सञ्चालन गरेको जनयुद्धताका पनि पार्टी भित्र अप्ठ्यारो पर्दा, विचारमा तीव्र मतभेद हुँदा रुकुम, रोल्पा, जाजरकोट, सल्यानका जनतासँग आउने गरेको स्मरण गर्नुहुँदै उहाँले रुकुम क्रान्तिको केन्द्र र किल्ला भएकोले बेला बेला आउने गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्