६ जेष्ठ २०८२, मंगलवार

रवि लामिछानेको प्रत्यक्षीकरणको रिट पाँचौं पटक हेर्न नभ्याउनेमा

कोलोराडोखबर संवाददाता , May 20th, 2025

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार पाँचौं पटक पनि हेर्न नभ्याउनेमा परेको छ ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा हेर्न नभ्याइनेमा परेको हो ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै ४ पटक सूचीमा चढाएर पनि पेशी सारिँदै आएको थियो । यो सहित पाँचौ पटक सरेको हो ।

सभापति लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानूनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्