नेपाल । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरूसहितलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । उक्त कसुरमा २७ जना प्रहरी हिरासतमा छन् ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।
उक्त प्रदर्शनमा एक पत्रकारसहति दुई जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस्