३० बैशाख २०८२, मंगलवार

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुँदै

कोलोराडोखबर संवाददाता , May 13th, 2025

नेपाल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते संघीय संसदमा प्रस्तुत गर्नु भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे मंगलबारदेखि छलफल हुँदैछ ।

मंगलबार संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।

प्रतिक्रिया दिनुहोस्